काठमाडौं, ६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न केही समय अगाडि बालकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगामी राष्ट्रपति निर्वाचनका बारेमा छलफल गरेका छन्।
राष्ट्रपति निर्वाचनको समयसीमा नजिकिदैं गएको जाँदा तीव्ररुपमा एक अर्कालाई भेटिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हालसम्म राष्ट्रपतिको विषयमा कुनै सहमती हुन सकेको छैन।
राष्ट्रपतिमा राष्ट्रिय सहमती हुनुपर्ने बताइरहेका प्रचण्ड र पूर्व शर्तअनुरुप राष्ट्रपति एमालेकै भागबाट हुनुपर्ने अडान राखिराखेका अध्यक्ष ओलीबीच सहमतिका लागि विभिन्न प्रयासहरु भएपनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
हिजे शुक्रबार पनि बालकोटमा अध्यक्ष ओलीलाई भेटेर फर्किनेक्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका छन्। उनले भने, ‘गठबन्धन अहिले कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन टुट्ने कुरै छैन। राष्ट्रपतिको बारेमा १-२ दिनमा सहमति मै टुंगो लाग्छ।