18.1k
Shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् ।
गत २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार साे अवधिमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा कूल संक्रमितकाे संख्या ८६ हजार ८२३ पुगेको छ ।