काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाईयो

15.1k Shares

काठमाडौं/सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ । 

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् । 

 

सम्बन्धित समाचार