पूर्वराजपरिवारलाई उभ्याएर दुर्गा प्रसाईंले सुरू गरे महाअभियान

15.7k Shares

झापा, १ फागुन   पूर्वराजपरिवारका सदस्यहरूलाई अघि सारेर व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरेका हुन्

उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस शाह पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन्

आजको कार्यक्रममा प्रसाईले राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याएका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निम्तो मान्न आउन उनको अपेक्षा थियो तर, झापामै भए पनि ओली कार्यक्रममा सहभागी भएनन्

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै नागरिक बचाऊ महाअभियान सुरू गरेका हुन् मेचीपछि महाकालीमा त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनको योजना केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो

सम्बन्धित समाचार