‘राम राम’ भन्न सकिन्छ, काँध थाप्न सकिँदैनः माओवादी नेता

19.7k Shares

काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले पाँच वर्ष रवि लामिछानेलाई नै गृहमन्त्री दिनुपर्छ भनेर कुनै लिखित सहमति नभएको बताएका छन् ।

‘दुनियाँ पल्टिए पनि, आकाश र धर्ती भासिए पनि पाँच वर्ष रवि लामिछाने नै सँगै हुनुपर्छ वा रविलाई नै गृहमन्त्री दिनुपर्छ भनेर कुनै लिखित सहमति भएको छैन । सत्ता गठबन्धनमा सहमति होइन, सामान्य समझदारी भएको हो । सहमति नै नभएको विषयलाई प्रचण्डले किन तोड्नुपर्‍यो  र ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम दाहालले भने ।

केपी शर्मा ओली चुप लागेर नबसे प्रचण्ड धुरुधुरु रुँदै हिँड्ने कुरा नआउने पनि उनले बताए । दाहालले भने, ‘सरकारलाई अप्ठ्यारो पर्ला भनेर ओलीजीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो । तर उसैले अप्ठ्यारो पार्न त मिल्दैन नि । जो सांसद छैन, नागरिकता र राहदानीको विवाद छ, उसैलाई यही परिस्थितिमा गृहमन्त्री दिन सकिँदैन । अनि ४८ घन्टे अल्टिमेटम दिने ? केपी शर्मा ओली चुप लागेर नबसे अब प्रचण्ड धुरुधुरु रुँदै हिँड्ने त ?’

दाहालले अहिलेको स्थितिमा रविलाई राम राम भन्नुको विकल्प नभएको पनि औंल्याए । उनले थपे, ‘अप्ठ्यारो मानेर राजनीति गर्न सकिँदैन । जे परिस्थिति आउँछ, सामना गर्दै जानुपर्छ । अहिलेको राजनीतिक पेचिलो छ । सरकार धरापमा परे अरु कुरा पनि धरापमा पर्छन् । हामीले रविलाई राम राम भन्ने हो, काँध थाप्न सकिँदैन । जसको जति छिटो उत्थान हुन्छ, त्यति छिटो पतन पनि हुन्छ । रविलाई अनागरिक अदालतले बनाएको नभई आफैं बनेका हुन् । अदालतले एक्सपोज गरिदिएको मात्र हो ।

राष्ट्रपतिमा माओवादीले कांग्रेस वा एमाले नरोज्ने पनि

सम्बन्धित समाचार