काठमाडाैँ । बैसाख १४ गते। हिँजाे फरार ठगी प्रतीवादी जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका ४ साचकी घर भई हाल जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १० शिव मन्दिर कपन बस्ने वर्ष ४६ की माया राईलाई नियन्त्रणमा लिएकाे छ ।
सुमन खनालको जाहेरीले नेपाल सरकार प्रतिवादी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष एवं संचालक गितेन्द्र बाबु राई समेत भएको ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा फरार माया राईलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका १० शिव मन्दिर कपनबाट नियन्त्रणमा लिएकाे हाे । उनलाइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ३ (तीन) को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ।
