मान्छे छुटाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

14.4k Shares

पर्सा, १६ माघ अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् वीरगञ्ज महानगरपालिका- बस्ने ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठलाई यातायात कार्यालय पर्सास्थित सडकबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाई उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको

सम्बन्धित समाचार