आलोचना छल्न केन्द्रीय समिति टार्दै देउवा

19k Shares

काठमाडौँ, १३ माघ। नेपाली कांग्रेसले यही माघ १५ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक अनिश्चित समयका लागि सारेको छ। योसँगै अब अर्को बैठक कहिले बस्छ भन्ने यकिन छैन। १० पुषको नाटकीय राजनीति घटनाक्रमपछि संसद्को पहिलो दल हुँदाहुँदै सत्ताबाट बाहिरिएपछि कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित कतिपय पदाधिकारीले पार्टी नेतृत्वप्रति प्रश्न उठाएका थिए।

पार्टीका पदाधिकारीहरुले नै निर्वाचन पछिको राजनीतिक संवादका बारेमा आफूलाई थाहा नभएको भन्दै सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर २२ पुषमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षा र समसामयिक राजनीतिका विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको सूचना सम्प्रेषण गरेका थिए।

पार्टी उपसभापति पूर्णबहादुर खडकाले त वर्तमान राजनीतिका  सन्दर्भमा उठेको सवालमा गहिरो गरी समीक्षा गर्न भनेर केन्द्रीय समिति बैठक बोलाइएको समाजिक सञ्जालमा नै सम्प्रेषित गरेका थिए।

तर, २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने वातावरण आन्तरिक रुपमा निर्माण भएपछि २२ गतेको केन्द्रीय समिति बैठक स्थगित भएको सूचना काग्रेस पार्टी कार्यलयले जारी गर्यो। २२ पुषको बैठक स्थगित गर्दैगर्दा कांग्रेसले २९ पुषमा बैठकको मिति घोषणा गर्यो। तर उक्त मितिमा पनि काग्रेसले बैठक गर्न सकेन। सभामुख र उपसभामुख निर्वाचनको बाहाना देखाउँदै कांग्रेसले माघ १५ गते बैठक गर्ने अर्को सूचना जारी गर्यो।

तर, बिहीबार कांग्रेसले पुनः सूचना जारी गर्दै यही माघ १५ गतेको बैठक अनिश्चितकालका लागि सारेको छ। योपटक कांग्रेसले अर्को कुनै मिति घोषणा गरेको छैन। हुन त १५ माघको बैठक सार्ने जानकारी कांग्रेस सभापति देउवाले गत सोमबारको पदाधिकारी बैठकमै गराइसकेका थिए। पदाधिकारी बैठकमा

सम्बन्धित समाचार