अन्योलमा मेसीको भविष्य, के बार्सिलोना फर्किदैछन् ?

20.8k Shares

विश्वकप फुटबलको ट्रफी उचालेपछि लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता थप गर्ने मनस्थिति बनाएका थिए। जारी सिजनको अन्त्य अर्थात् आगामी जुन ३० मा फ्रेन्च लिग वान क्लब पीएसजीसँगको सम्झौता सकिँदै गर्दा सम्झौता लम्ब्याउन चाहेको खबर विश्वकपको ट्रफी उचालेपछि बाहिरिएको थियो।

तर, अहिले एकाएक परिस्थिति फरक बनेको छ। मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याउन नचाहेको खबर बाहिरिएका छन्। स्पेनको चर्चित स्पोर्टस् पत्रिका मार्कादेखि अन्य मिडियाहरुले मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याउन नचाहेको समाचार प्रकाशित गरेका छन्। मार्काले चर्चित स्पोर्टस् पत्रकार जेरार्ड रोमेरोलाई उदृत गर्दै मेसीले पीएसजीसँग थप सम्झौता नगर्ने र बार्सिलोना फर्किन सक्नेबारे समाचार सम्प्रेषण गरेको छ।

विश्वकप सकिएलगत्तै पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले मेसीको निरन्तरताबारे छलफल गरेका थिए। पहिलो सिजन त्यति जम्न नसकेका मेसीले दोस्रो सिजन पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित पीएसजी भित्रिएका मेसी अर्को सिजन समेत रहन सक्ने अनुमान गरिएको थियो। तर, अहिले परिस्थिति फेरिएको दाबी गरिएको छ।

जसकारण अहिलेसम्म ३५ वर्षीय स्टार अर्जेन्टाइन स्ट्राइकर मेसीको भविष्य अन्योल रहेको बताइन्छ। सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनबाट फ्रि ट्रान्सफरमा मेसी आफ्ना मिल्ने साथी नेयमार रहेको क्लब पीएसजी पुगेका थिए। स्पोर्टस् पत्रकार रोमेरोले मेसीको बारेमा खुलाएका छन्, ‘आजसम्म मेसीको मनसाय पीएसजीसँगको सम्झौता लम्ब्याउने छैन। त्यसैले पेरिसमा रहेको टोलीसँग सम्झौता नवीकरण गर्ने छैनन्।’

वर्ल्डकप ट्रफी उचालेपछि फेरिएको मेसीको मानसिकता

कतार विश्वकप जितकै कारण मेसीको मानसकितामा परिवर्तन आएको दाबी गरिएको छ। पटक–पटकको प्रयासमा असफल भएर पेन्डिङ भएको उपाधी उचालेपछि मेसीको खेलकुदका लागि मात्रै आफ्नो करिअरमा ध्यान नदिएर त्योसँगै अन्य कुराहरु

सम्बन्धित समाचार