रोनोल्डोविना मैदान उत्रिएको पोर्चुगलको सहज जित 

16.4k Shares

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनोल्डोविना मैदान उत्रिएको पोर्चुगलले नेसन्स लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति घरेलु मैदान स्टाडिओ जोसे अल्भालाडेमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि ३–० को सहज जित निकालेको हो । 
पोर्चुगलको जितका लागि डिओगो जोटाले दुई गोल गरे । त्यस्तै बेर्नान्डो सिल्भाले एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल गरेको थियो । 
खेलको २१ औं मिनेटमा बेर्नान्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले जोटाको पासमा गोल गरेका हुन् । त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा जोटाले गोल गरेका थिए । उनले क्यान्सेलोको पासमा गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–० को अग्रता दिलाएका थिए । 
७२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे । उनले कार्भाल्होको पासमा गोल गर्दैै रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगललाई ३–० को सहज जित दिलाए । जितसँगै पोर्चुगलको नेसन्स लिग फुटबलको समूह सीमा चार खेल खेल्दै १० अंक जोडेर शीर्ष स्थामा रहेको छ । पराजित स्विडेनले भने लगातार चौथो हार व्यहोरेको छ । 

सम्बन्धित समाचार