वामदेव र भीम रावललाई समाजवादीमा भित्र्याउने नेपालको तयारी

18.2k Shares

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले विभिन्न पार्टी र वामपन्थी नेताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै चलाएको छ । केही समयअघि एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याएको सो पार्टीले निकट भविष्यमै अर्का नेता वामदेव गौतमलाई पनि भित्र्याउने तयारी थालेको हो ।

एकीकृत समाजवादीले माघ २१ र २२ गते महत्त्वपूर्ण निर्णय गर्न भन्दै केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ । उक्त बैठकले यसअघि पार्टीका अन्य कमिटीले गरेका निर्णय अनुमोदनदेखि जसपालगायतका अन्य पार्टी र व्यक्तिहरूसँग भइरहेको एकता प्रयत्नको प्रगतिबारे थप निर्णय गर्नेछ । एकीकृत समाजवादी पछिल्लो समय माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेबाटै असन्तुष्ट रहेर अलग पार्टी बनाएका वामदेव गौतमलगायतसँग पनि निरन्तर संवादमा छ । उनीहरुबीच दस्तावेज आदान प्रदान भएर न्यूनतम सहमतिको खोजी गर्ने काम भइरहेको नेताहरूको भनाइ छ ।  

सम्बन्धित समाचार