सुनको मूल्यमा इतिहास : तोलामै एक लाख सात हजार नजिक

19.5k Shares

काठमाडौं/सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । यसअघि तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार चार सय रुपैयाँ रहेको छ ।                  

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।    

सम्बन्धित समाचार