नेप्से आज दोहोरो अंकले घट्याे, पाँच कम्पनीको भने शेयर मूल्यमा सर्किट

15.2k Shares

काठमाडौं/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोसो दिन आज सोमबार दोहारो अंकले घटेको छ । आज नेप्से १३।७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा बन्द भएको हो । त्यस्तै, शेयर बजारमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ ।

जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआइसी इन्स्यारेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्स कम्पनी रहेका छन् । 

आज हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यसको आज २७ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।   

सम्बन्धित समाचार