15.9k
Shares
हेटौंडा/मकवानपुरको हेटौंडा-४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।
उनका ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला सुनाएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।