राजेश 'एकल' काे 'निद्रामा' गीत यूट्युबमार्फत सार्वजनिक

18.4k Shares

काठमाडाैँ/लामो समयदेखि गायन, संगीत तथा शब्दरचनामा समर्पित हुँदै आउनुभएका राजेश 'एकल'ले फेरी अर्को गीत लिएर आउनुभएकाे छ । वहाँले आफ्नै शब्दमा 'निद्रामा' नामको बोलको गीत यूट्युबमार्फत वुधबार सार्वजनिक गर्नुभएको हो ।

यूट्यूबमा 'राजेश एकल म्यूजिक' च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एभरग्रीन ख्यातिप्राप्त गायक आनन्द कार्कीको स्वर रहेको छ भने संगीत तथा एरेञ्ज बहुचर्चित संगीतकार शिखर सन्तोषले दिनुभएको छ । 

लामो समयदेखि गायन, संगीत र शब्दरचनामा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै असंख्य गीतहरूमा आफ्नै गायन र शब्दरचनाद्धारा सबैको मन लोभ्याउन सफल व्यक्तित्वमध्ये एक हुन् राजेश ‘एकल’ । वहाँका थुप्रै शब्दहरूमा नेपालका चर्चित हस्ती शर्मिला बर्देवा, आनन्द कार्की, रामकृष्ण ढकाल, विश्व नेपाली, एन्जेला श्रेष्ठ, बबिता मानन्धर, सुरेश मानन्धर, सुरेनमान शाक्य, मिलन नेवार लगायत अरु थुप्रै गायक गायिकाहरूले स्वर दिइसक्नुभएको छ । 


सम्बन्धित समाचार