आर्थिक पक्षमा सोच्न नपर्ने हो भने  पदक ल्याउन गाह्रो हुँदैन : भुपेन श्रेष्ठ

19k Shares

१३ औं साग गेममा सेमीफाइनलमा बंगलादेश र फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी तेक्वान्दोतर्फबाट अन्तिम स्वर्ण पदक जित्न सफल बने भुपेन श्रेष्ठ ।
श्रेष्ठले ८७ केजीतौल समूहको भिडन्तमा भारतीय खेलाडी अक्षय हुड्डालाई प्रतिस्पर्धात्मक खेलमा २९—२६ अंकले पराजित गरी फाइनलम पराजित गरी स्वर्ण ल्याउन सफल बनेका थिए । तेक्वान्दोमा प्राप्त जति पनि स्वर्ण पदक छन्, त्यसमध्ये श्रेष्ठले कडा मेहनतसाथ भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण पदक जित्न सफल बनेका हुन् । खेल सुरु भएदेखि भारतीय खेलाडी अक्षय हाबी भए पनि भुपेनले करिब—करिब अन्तिममा राम्रो खेल प्रदर्शन गरी भारतीय खेलाडीले लिड गरिरहेको प्वाइन्टलाई पछाडि पार्दै पराजित गर्न सफल बनेका थिए । सुरुमा भारतीय खेलाडी हावी भए पनि अन्त्यमा राम्रो स्कोर ल्याउन सफल बनेकै कारण पनि तेक्वान्दोकै अन्तिम स्वर्ण पदक ल्याउन भुपेन सफल बनेका हुन्। 


देशलाई स्वर्ण पदक दिलाउन पाउँदा आफू उत्साहित भएको र ओलम्पिकमा पनि यस्तै खेल प्रदर्शन गरी देशका नाम राख्ने चाहना आफ्नो भएको भुपेन बताउँछन् । आफू खेल्नु भन्दा पहिला साथीहरु हारिरहँदा मलाई भारतीय अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्दा आफू सुरुमा केही नर्भस भई मनमा आफू पनि हारिने हो कि भन्ने डर थियो । तर, नेपाली दाजुभाइको समर्थन र देशका लागि जसरी पनि मैले अनुभवी भारतीय खेलाडीलाई हराउनुपर्छ भन्ने आत्मविश्वासका साथ आफ्नो खेल प्रदर्शन गरे र अन्तिममा धेरै नै मेहनत गरी भारतीय खेलाडीको भन्दा तिन अंकले मात्र लिड गरी जित्न सफल बने । जब मैले स्वर्ण जित्दाको खुशी वास्तवमा म शब्दले बयान गर्न सक्दिन । सेमिफाइनलमा भने बंगलादेशी खेलाडी रशेल खानलाई सजिलै पराजित गरे पनि फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्न धेरै नै मेहनत गर्नुपरेको भुपेन बताउँछन् । 
६.३ इन्च हाइट भएको भुपेन बताउँछन् ‘भारतीय खेलाडी मभन्दा केही होचा भएका कारणले पनि यसको फाइदा मैले लिन सकेँ । सागमा स्वर्ण ल्याउँछु भन्ने कन्फिडेन्स त थियो उनले भने । जित्छु भन्ने आत्मविश्वासमा छिरेको थिए । स्वर्ण पनि जिते । मभन्दा अघि खेलेका साथीहरूले रजतमा चित्त बुझाउनु परेको थियो, म माथि दबाब पनि थियो । 
मोरङ मिक्लाजुङका भुपेन १८ वर्ष पुगेपछि मात्रै तेक्वान्दोमा प्रवेश गरेका हुन् । काठमाडौं आउनु अघिसम्म भुपेन भलिबलका राम्रा खेलाडी थिए । काठमाडौं आएपछि भलिवल खेल्ने अवसर प्राप्त नगरे पछि भुपेनले भलिवल छाडेर आत्म रक्षाका लागि भन्दै तेक्वान्दो खेल्न सुरु गरेका हुन् । भीएस निकेतनबाट प्लस टु सकेपछि इन्जिनियरिङ पढ्छु भन्ने थियो । १२ कक्षामा पुगेपछि कोटेश्वर डोजाङ छिरेको हुँ । २०१८ को एसियन गेममा सहभागी भइसकेका उनी मलेसिया प्रथम अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भए । १२ सकिएपछि राष्ट्रिय टोलीका सदस्यसँग मैले प्रशिक्षण लिने अवसर पाएँ । त्यसले पनि खेलका रणनीति बुझ्ने अवसर प्राप्त भयो । 
साफ गेममा स्वर्ण पदक जित्न सफल भए अब ओलम्पिक खेल्ने मेरो इच्छा छ । गुरुहरूले पनि सक्छस् भन्नु भएको छ । ओलम्पिकमा गएर अन्तर्राष्ट्रिय पदक तालिकामा नेपालको नाम राख्ने योजना छ । अहिले परिवारको साथ छ ।
साग गेममा मेरो खेल हेर्न हेर्न बुबा आउनु भएको थियो । स्वर्ण पदक जित्दा उहाँ धेरै नै खुसी हुनुभयो । मेरो बुवा कुमार डोटी श्रेष्ठ कवड्डी र भलिबल खेलाडी हुनुहुन्थ्यो । कवड्डीको उहाँ राष्ट्रिय खेलाडी नै हो । मलाई भलिबल खेल्न बुबाले नै लैजानु हुन्थ्यो । स्कुल तहको भलिवल प्रतियोगितामा म राम्रो खेलाडी हुँ । जिल्लास्तरका धेरै प्रतियोगिता जितेको पनि थियौं । 
एसियन गेम तथा ओलम्पिकका लागि तयारी भइहेको छ । लकडाउनले केही ग्याप भएपछि अहिले तालिम सुरु गरेपछि पुरानै अवस्थामा फर्कन सक्ने आत्मवल बढेको छ । सागमा स्वर्ण पदक जितेपछि ममाथि आत्मवल बढ्दै गएको छ । ओलम्पिक तथा एसियन प्रतियोगितामा पदक ल्याउन अनुभव चाहिन्छ । ओलम्पिकमा पदक ल्याउन गाह्रो नै हुन्छ होला । अर्काे ओलम्पिकमा पदक ल्याउने मेरो योजना छ । अहिले हामी दैनिक २ घन्टा प्रशिक्षण गरिरहेका छौं । घरमा पनि आफैं गर्ने गरेको छु । हामीलाई सक्षम कार्कीले ट्रेनिङ गराइरहनु भएको छ । पदकधारी खेलाडीलाई राज्यले सहयोग गर्नुपर्छ । राज्यबाट सहयोग प्राप्त हुने हो भने हामी राज्यलाई पनि पदक दिलाउन सक्छौं । स्वर्ण पदक विजेतलाई दिइने जीवन निर्वाह भत्ता अत्यन्तै थोरै हो । ५ हजारले गुजारा कसरी चल्छ ? क्लोज क्याम्पमा बस्दा खेलाडीलाई जुनखालको हेरचाह, खानपान, सहयोग हुन्छ अरु बेला पनि सोही वातावरण अनुसार हुनुपर्छ । आर्थिक पक्षका बारेमा सोच्न नपर्ने भए राज्यका लागि पदक ल्याउन गाह्रो हुँदैन । म बाहिर जिल्लाको खेलाडी, मेरो यहाँ घर छैन, स्वर्ण पदकजितेपछिको जीवन शैली अहिले दिइएको सहयोगबाट सम्भव छैन । हामीलाई जीवन जिउने चिन्ता गर्नु नपर्ने बनाइ दिनुपर्छ भुपेन पदकको आशा गर्दा राम्रो हुन्छ । राज्यले खेलाडीलाई गहनाको रुपमा हेरेको छैन । दीपक विष्ट, संगीना बैद्यले घाइते हुँदा त पदक ल्याउनु भयो भयो हामी पनि त्यसरी नै पदक ल्याउन सक्छौं भन्ने आत्मविश्वास छ । 
१३ औं साग गेममा नेपाललाई सर्वाधिक स्वर्ण दिलाउने खेल तेक्वान्दो बनेको छ । समग्रमा १३ औं सागमा सागमा नेपालले तेक्वान्दोतर्फ १२ स्वर्ण जित्यो । नेपालले १९९९ पछि तेक्वान्दोमा सर्वाधिक स्वर्ण जितेको १३ औं सागमा नै हो । आठौँ साफमा नेपालले तेक्वान्दोमा १४ स्वर्ण जितेको थियो ।

सम्बन्धित समाचार