काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री हुनेहरुको नाम टुंग्याएको छ। पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् । मंगलबार मन्त्रिपरिषद् विस्तार हुन लागेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले थप २ मन्त्री र १ राज्यमन्त्री पाएको छ।
यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधान तथा गृह मन्त्रालयमा रवि लामिछाने सहभागी भएका छन्। रास्वापाले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पाएको छ।
रास्वपाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाललाई पठाउने निर्णय गरेको छ। यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोल प्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा तोसिमा कार्कीलाई पठाउने निर्णय गरेको छ।