मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

906 Shares

जनकपुरधाम – बहुमत जुटाउन नसक्ने भएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामै राजीनामा घोषणा गरेका छन् ।

प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सम्बोधन गर्दै उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिएको बताए ।

नेकपा (एमाले) ले गत असोज ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकार छाडेपछि मुख्यमन्त्री थप दबाबमा परेका थिए ।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो । तर, सत्ता समीकरण आफ्नो पक्षमा नदेखिएपछि उनले विश्वासको मत परीक्षणअघि नै पद छाडेका हुन् ।

यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

सम्बन्धित समाचार