16.1k
Shares
काठमाडौं/नेपाल बैंकको ६३औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
बैंकका सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गरेको छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९र८० का लागि चार्टर्ड एकाउण्टेण्टत्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिरकुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावहरु समेत पारित गरेको छ ।