एजेन्सी । एक अध्यननले देखाएको छ कि जो महिला योग अभ्यास गर्छन् उनीहरुको यौन जीवन धेरैनै आनन्ददायक हुन्छ । उक्त अध्ययनमा यौन जीवनमा आध्यातमिकताले यूवाहरुमा भन्दापनि बिशेषगरी युवतीहरुमा ज्यादा प्रभाव राख्ने अध्ययनले बताएको छ । आध्यात्मिकतासँगै धर्म, आबेग र रक्सि सेवनले पनि प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ । अध्ययनकर्ता टोलीका सदस्य केटकी विश्वविद्यालयकी जेसिक बुरिसका अनुसार आध्यात्मिक र धार्मिक कुराहरुले दैनिक जीवनका हरेक कुरामा प्रभाव पारे जस्तै यौन जीवनमा पनि प्रभाव रहने निस्कर्ष निकालेका छन् । स्प्रिचुवल ट्रान्स्केडेन्स स्केल नामक अध्ययनको अनुसार आधात्मिक व्यक्तिहरुमा कामउत्तेजना र यौनसम्पर्कको समय ईच्छाशक्तिमा सुधार आउँछ ।
यो अध्ययन अपरिपक्व ३ सय ५३ युवाहरुमा गरिएको थियो जसमध्य ६१ प्रतिशत महिला थिए । पुरुषहरु यौनलाई भावनात्मक अन्तरङग माध्यम नमान्ने थिए भने महिलाहरुको लागि यौन भावनात्मक सम्बन्धको सबैभन्दा ठूलो माध्यम मानेक थिए । उनीहरुको यौनसाथी संख्या, बिना कण्डम यौनसम्पर्क राख्ने र यौनसम्बन्ध समयको प्रमुख कारण अध्यात्म भएको अध्ययनको निष्कर्ष थियो ।