काठमाडौं। बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।
आइतबार, १६ मङ्सिर २०८१
logo
EN
यहाँ टाईप गर्नुहोस् ...
नेपाल प्रिमियर लिगसहकारी ठगी प्रकरणमौद्रिक नीतिरवि लामिछानेप्रचण्डजापान मानव तस्करी प्रकरणदुर्गा प्रसाईंस्थानीय तह उपनिर्वाचनकेपी शर्मा ओली
logo
यहाँ टाईप गर्नुहोस् ...
समाचार
एक्सक्लुसिभ
प्रदेश
अर्थतन्त्र
विचार
स्वास्थ्य
मनोरञ्जन
खेलकुद
शिक्षा
स्पेसल
टीभी
अन्य
ग्लोबल
ताजा
ताजालोकप्रिय
काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब
विश्वभर दैनिक ३६ सय जनामा एचआईभी सङ्क्रमण
ग्रामथान उपनिर्वाचन : ६ हजार ८ सय २६ मत खस्यो
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
‘धरोधर्म सत्य’ विमल र शिल्पाको रोमान्स
रवि लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो
किन हर्यौ मेरो मुटुको टुक्रालाई ?
२४ घन्टाका ताजा अपडेट
Global IME bank
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
रासस
रासस
आइतबार, १६ मङ्सिर २०८१, ११ : ०२
30
Shares
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
संग्रह
मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।
हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले ब्याट्री चार्ज भई बिजुली उत्पादन हुँदै आएकामा टर्वाइनमा समस्या भएपछि बन्द भएको तथा अन्य उपकरणका पुर्जा पनि काम नलाग्ने भएका हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताए । छन् । केन्द्रबाट दैंनिक १० किलोवाट उत्पादन हुँदै आएको थियो । “केही वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”, वडाध्यक्ष मगरले भने ।