ट्राफिक प्रहरीको संरक्षणमा मालामाल बन्दै कमलपोखरीको हाइवेमा संचालित शान्दार मःमः

16.3k Shares

काठमाडौं  काठमाडौंलाई ट्राफिक जामरहित बनाउने उद्देश्यका साथ अगाडि बढेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कमलपोखरीमा मःमः पसलका कारण घन्टौं जाम हुने दृश्यले गिज्याइ रहेको देखिन्छ 

काठमाडौं महानगरपालिका ट्राफिक प्रहरी महाशाखाले संयुक्तरूपमा काठमाडौंको  ट्राफिक जाम कम गर्न अनियन्त्रित रुपमा पार्किङ गरिराखेका सवारीसाधनमाथि धमाधम कारबाही गरेपनि अति नै व्यस्त सडकको रुपमा रहेको कमलपोखरीको हाइवेमा सञ्चालित शान्दार मःमःलाई भने सडकै  जाम हुने गरी पार्किङ गराइ मःमः बिक्री गर्न छुटदिइएको पाइएको     काठमाडौंको कमलपोखरीस्थित अतिब्यस्त सडकमा बिहान करिब १० बजेदेखि साँझसम्म तिनतले आफ्नै घरमा रहेको शान्दार मःमः हाउसमा मःमका पारखीहरु खचाखच हुन्छन्  मःमः खान लाइन नै बस्नुपर्ने मःमः दिएर नभ्याउने अवस्था   दिनभरमा करिब दुईवटा भैंसी सिदिन्छन् होला  यसरी मःमःका पारखीहरुले प्रयोग गर्ने सवारी साधन हाइवे सडकमै दुई लाइनमा पार्किङ्ग गर्दा सवारी साधनको घन्टौं जाम हुनुका साथै एम्बुलेन्स पनि जाममा परेको दृश्य जो कोहीले देख्न सक्छन् 

मःमः पारखीहरुको सवारी पार्किङ नजिकै भएको ट्राफिक प्रहरीले पनि देखेर पनि नदेखेको जस्तै गरी उल्टै सवारी जाममा परेका सवारी धनीहरुलाई हकार्दै यहाँबाट जानुस्, उहाँबाट जानुस् भन्दै ट्राफिक प्रहरीले पार्किङ गरिरहेको सवारी साधनलाई झन् सुरक्षित गरिदिएको जस्तो भान हुन्छ 

कमल पोखरी ट्राफिक प्रहरी संरक्षणमै सो मःमः पसल चलेको समेत स्थानीयले बताउने गरेका छन्  ट्राफिक प्रहरीको उठतिपुठति मःमः साहुजिको कमाउधन्दाले ट्राफिक जाम घन्टौं हुने जाममा परेका सवारी साधनको हर्न ध्वनी प्रदुषणले स्थानीयवासी आजित बनेका छन् 

गत सोमबार हाम्रा प्रतिनिधि सो मःमः पसलमा पुगी रिपोर्टिङ गर्ने क्रममा पुगेका थिए  त्यतिबेला अनियन्त्रितरुपमा झण्डै १०३ वटा बाइक पार्किङ गरी मःमःको स्वाद लिइरहेका थिए  सोही क्रममा पसल संञ्चालकलाई यहाँ मोटरसाइकल  पार्किङ गर्दा हुन्छ भनी जिज्ञासा राख्दा मःमः संचालकले भनेभित्र बस्नुस ट्राफिक प्रहरीलाई हामीले मिलाएका छौ पार्किङमा समस्या छैन उनको बोलिको आभास अनुसार कमल पोखरीमा जो नयाँ ट्राफिक इन्चार्ज आँउछन् उनलाई नजरना बुझाउनु पर्दछ  जब हाम्रा प्रतिनिधिले मःमः पसलका कर्मचारीलाई भाइ बाहिर रोडमा बाइक पार्किङ गर्दा हुन्छ ? भनी जिज्ञासा राख्दा उनले ठट्यौली पारामा भने ट्राफिक सरहरु आँउछन् मःमःका डल्ला हसुर्छन् पैसा नतिरी जान्छन्  अब प्रष्ट हुन्छकी शान्दार मःमः कमल पोखरी ट्राफिक प्रहरीको सम्बन्ध के   भनेर ? यस विषयमा   मालिगाँउ बृतका ट्राफिक इन्जार्च इन्स्पेक्टर सागर घलेसँग सम्पर्क गर्दा उनको पहिलो शब्द नै हाम्रा प्रतिनिधिलाई धम्की दिई समाचार रोकाउने उद्देश्यले अपशब्दसहित गाली गरेका थिए भने केही समयपछि इन्स्पेक्टर घलेले भोलिनै शान्दार मःमः अगाडि कुनै पनि सवारी पार्किङ नहुने बताए  तर, तत्काल त्यहाँ पार्किङ गरेको सवारी साधनलाई किन हटाउन सकेनन् भोलिदेखि भने यसले पनि प्रष्ट पार्ट मःमः पसललाई ट्राफिक प्रहरीले संरक्षण गरेको हो कि होइन भन्ने  इन्स्पेक्टर घलेले सञ्चारकर्मीलाई बोलेको पहिलो भाषाले लाग्छ उनी मःमः संचालकबाट लिएको आर्थिक नजरानले भावबिवहल हुनका साथै भोलिका दिनहरूमा  पार्किङ कसरी गराउने भन्नेमा सोचमग्न भएको स्पष्ट हुन्थ्यो 

यसरी शानदार मःमः पसलका मःमः पारखीको जथाभावी सवारी पार्किङको कारण  कमलपोखरीमा बिरामी बोकेका एम्बुलेन्स समेत चर्को साइरन बजाएर जाममा फस्दा कसको मन कट्क्क  नखाला ? बिगत दशौवर्षदेखि मःमः साहुले रोडलाई आँँगनको रुपमा प्रयोग गर्दै आइरहेका छन्  ट्राफिक प्रहरी बिके पनि महानगरपालिकाले के हेरेर बसिरहेको ? स्थानीय गुनासो पोख्छन् 

तर, हाम्रा संवाददाताको इन्स्पेक्टर घलेलाई फोनमार्फत् पार्किङको विषयलाई लिएर प्रश्न उठाउन थालेपछि मःमः पसलको पारीपटी कमलपोखरीदेखि नकसारसम्म जाने बाटोमा पार्किङको व्यवस्था मिलाइदिएको पाइएको  

सम्बन्धित समाचार