सरकार गठन हुन सक्ने संभावना रहेसम्म प्रतिनिधिसभा विघटन गर्न मिल्दैन् : चार पूर्व प्रधानन्यायाधीश

21.2k Shares

काठमाडौं, १४ जेठ । चार जना पूर्व प्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले प्रतिनिसिधभा विघटन असंवैधानिक भएको बताएका छन् । उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘संसद्लाई बारम्बार विघटन गरी, संसद्लाई अकारण दण्डीत गरी विधिको उपहास समेत गरिएको छ, देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न, विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौं ।’

सम्बन्धित समाचार