नामले व्यक्तित्वमा प्रभाव

18.4k Shares

गोपाल ढकाल, मनोविद

 

अनुमान गर्नुहोस यदि कुनै पनि वस्तुको नामै नभएको भए के हुन्थ्यो होला ? तर, संसारमा नाम नभएको कुनै चिज वा बस्तु नै हुँदैन  कुनै नयाँ वस्तुको आविस्कार वा नयाँ कुरा पत्ता लाग्ना साथ सबैभन्दा पहिले यसलाई  नामाकरण गर्ने गरिन्छ 

मानिस जन्मेपछि पनि सबैभन्दा पहिला गर्ने कर्म नामकरण वा न्वारान नै हो  विभिन्न धर्म संस्कारहरुमा न्वारानको महत्वलाई दर्शाएको पाइन्छ   नामाकरण संस्कार वा न्वारान  हिन्दु धर्मका सोह्र संस्कारमध्ये एक हो   शिशु जन्मेको ११ औँ दिनमा न्वारान गर्ने गरिन्छ 

ज्योतिषशास्त्रमा नामाकरण गर्ने आफ्नै तरिका हुन्छ  ज्योतिषशास्त्रमा नामले ठूलो महत्व बोकेको हुन्छ  मानिसको नामबाट नै राशि बन्ने यसैको आधारमा उसको ग्रहदशा , भाग्य   भविष्य समेत हेर्ने गरिन्छ  विशेषत  नामकरण गर्दा बालक जन्मिएको महिना, गते, बार, समय, ठाउँ अथवा बाबुआमाको मन लागेको नामको आधारमा गर्ने गरेको पाइन्छ 

नाम  ब्यक्तिलाई चिनाउने, इंगित गर्ने यस्तो सांकेतिक कुरा हो, जो उसको पहिचान बन्छ  यसो सोच्दानामभन्ने कुरा  सामान्य जस्तोलाग्छ  तरनामले निकै ठुलो महत्त्व राख्छ  हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौं  आफु मरेपनिनामबाँचिरहोस् भन्ने आकांक्षा राख्छौं  यति मूल्यवान् , नाम 

नामले  व्यक्तित्वमा प्रभाव

मनोवैज्ञानिक रूपमा पनि नामले मानिसको जीवनमा गहिरो  प्रभाव पारिरहेको हुन्छ  नामले मानिसको  व्यक्तित्व निर्माणमा समेत असर  परिरहेको हुन्छ  नामको आधारमा पनि अरूले आफुलाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेका हुनसक्छ   नामको कारणले पनि व्यक्तिको जीवनमा सकारात्मक वा नकारात्मक दुबै किसिमको प्रभाव परिरहेको हुनसक्छ  नामकै आधारमा पनि मानिसले कसैमाथि सकारात्मक वा नकारात्मक धारण वनाई रहेका हुनसक्छन् 

सबै मानिस आफ्नो छुट्टै अरूभन्दा पृथक पहिचान (नाम) बनाउन चाहन्छन्  नाम हाम्रो जीवनभर रहने स्वयं पहिचानको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो    यदि मानिसको कुनै पहिचान नहुने हो भने, उसमा परिचयको संकट देखापर्न सक्छ  परिचयको संकट ¥यो भने व्यक्तिले आफ्नो कुनै अस्तिव्त नै देख्दैन  यस्तो अवस्थामा उसमा नैराश्य जस्ता मनोवैज्ञानिक समस्याहरु देखा पर्न सक्छन् 

अमेरिकी मनोवैज्ञानिक जीन टेवङ्गीको नेतृत्वमा सन् २००० को दशकमा भएको अध्ययनले आफ्नो नाम नरुचाउने व्यक्तिहरूको मानसिक तनाव व्यवस्थापन गर्ने क्षमता कमजोर भएको ,आत्मविश्वासको अभाव भएजस्तो देखाएको थियो 

बेइजिङ इन्स्टिच्यूट अफ साइकोलोजीका हुवाजीन चाइ उनका सहकर्मीहरूले अपराधमा दोषी ठहर हुने जोखिम भएका दशौँ हजार व्यक्तिका नामको परीक्षण गरेका थिए 

उक्त अध्ययनमा कम चल्तीमा रहेका वा बढी नकारात्मक अर्थ दिने नाम भएका व्यक्तिहरू अपराधमा बढी संलग्न भएको पाइएको थियो 

घरपरिवार, समाज, नजिक चिनजानका व्यक्तिको एउटै नाम भयो भने पनि उनीहरुमा परिचयको संकट पर्न जान्छ  यस्तो अवस्थामा उपनामको आवश्यकता महशुस गरिन्छ  मानिसहरुप्रचण्ड “, बादलभूतको साथी“, “वैरागी“, “यात्री“, “चट्याङ मास्टर“, आदिजस्ता नाम तथा उपनाम राखेर आफ्नो फरक चिनारी बनाउने प्रयास गर्दछन्  यस्ता नामले आफु अरुभन्दा फरक रहेको आत्मविश्वासको विकास गरेर जीवनमा सफल चर्चित समेत हुनसक्छन् 

यस्तो कुरामा साधारण व्यक्तिभन्दा कलाकार, साहित्यकार, नेता जस्ता विशिष्ट व्यक्तिहरु बढी संवेदनशील भएको पाइन्छ   एउटा समूह, संघसंस्था आदिमा आवद्ध सदस्यहरुबीच पनि परिचयको संकट नपरोस् भन्नका लागि विभिन्न पद सिर्जना गरेर त्यहा भित्र पनि एक अर्काबीच फरक परिचय खोज्ने प्रयास गरिन्छ  एउटा संस्थामा किन एक जना मात्र अध्यक्ष वा सभापति हुन्छ ? देशको प्रधानमन्त्री किन दुईजना हुन सक्दैनन् ? यसको मनोवैज्ञानिक कारण पनि परिचयको संकट हुनबाट रोक्नु नै हो 

सबै मानिसलाई आफ्नो नाम प्रिय लाग्छ  उनीहरु आफ्नो नाम पटकपटक अरूको मुखबाट उच्चारण होस भन्न चाहन्छन्  नामले बोलाउँदा उनीहरुमा गर्व महसुस हुन्छ  नामले सम्बोधन गर्दा मानिसहरुमा गहिरो प्रभाव पर्न जान्छ  तर, यति महत्वपूर्ण कुरालाई अरूले मन पराएनन् नामको आलोचना गरे भने यसले मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ 

हाम्रो समाजमा यस कुराप्रति त्यति ध्यानदिएको पाईदैन  न्वारन गर्दा पण्डितले राखेको नामलाई नै आधिकारिक मानिन्छ सकेसम्म यसलाई परिवर्तन गर्न दिईदैन  हामी ठूला भएर आफ्ना लागि नाम परिवर्तन गर्न नचाहेसम्म हामी अधिकांश जन्मका बेला दिइएको नामले काम चलाइरहेका हुन्छौं 

नामाकरण गर्दा ख्याल गरौ

हामीकहाँ धेरैजसो नामहरु देवीदेवताको नामबाट राख्ने गरेको पाइन्छ  राम, सीता, हरि, लक्ष्मी, सरस्वती, शिव, भगवती,गोपाल आदि हाम्रो समाजमा धेरै प्रचलित नाम हुन्  यसरी धेरै व्यक्तिको एउटै नाम हुँदा एकातिर व्यवहारिक समस्या देखिन्छ भने अर्कोतर्फ परिचयको संकट पर्न जान्छ  अहिलेका युवापुस्ताले यस्ता नामहरु कमैमात्र मन पराउँछन्  एलिसा (पुरानो नाम भगवती) लाई भगवती भनेर बोलाएको पटक्कै मन पर्दैन  कसैले भगवती भनेर बोलाउँदा उनलाई रिस समेत उठ्ने गर्छ 

मानिसको व्यक्तित्व निर्माणमा नामले ठूलो प्रभाव पारिरहेको हुन्छ   व्यक्तिलाई कुनै  नामले घृणित अपमानित गरेर बोलाउँदा उसको आत्मसम्मान, आत्मविश्वासमा ह्रास आई उसले आफूलाई त्यही रूपमा हेर्न थाल्छ  सबैले स्वीकार्ने मन पराउने नाम भयो भने मात्र व्यक्तिले आफ्नो नामप्रति गौरव गर्छ  नाम  अनुसारको काम गरेर आफ्नो नामलाई सार्थक बनाउने प्रयत्न गर्छ  यस विपरीत हुँदा भने उसमा हिनताबोध उत्पन्न हुन्छ 

कतिपय अवस्थामा बाबुआमाले माया गरेर बोलाउने नामले पनि व्यक्तिमा हीनताबोध ल्याउँन सक्छ   आफ्नो व्यक्तित्वभन्दा उल्टो नाम हुँदा गिल्ला गरेजस्तो, आफूलाई जिस्क्याए जस्तो भान हुनसक्छ 

सम्बन्धित समाचार