गोपाल
ढकाल, मनोविद
अनुमान
गर्नुहोस त यदि कुनै
पनि वस्तुको नामै नभएको भए
के हुन्थ्यो होला ? तर, संसारमा नाम
नभएको कुनै चिज वा
बस्तु नै हुँदैन ।
कुनै नयाँ वस्तुको आविस्कार
वा नयाँ कुरा पत्ता
लाग्ना साथ सबैभन्दा पहिले
यसलाई नामाकरण
गर्ने गरिन्छ ।
मानिस
जन्मेपछि पनि सबैभन्दा पहिला
गर्ने कर्म नामकरण वा
न्वारान नै हो ।
विभिन्न धर्म संस्कारहरुमा न्वारानको
महत्वलाई दर्शाएको पाइन्छ । नामाकरण
संस्कार वा न्वारान हिन्दु धर्मका सोह्र संस्कारमध्ये एक हो । शिशु
जन्मेको ११ औँ दिनमा
न्वारान गर्ने गरिन्छ ।
ज्योतिषशास्त्रमा
नामाकरण गर्ने आफ्नै तरिका हुन्छ । ज्योतिषशास्त्रमा नामले
ठूलो महत्व बोकेको हुन्छ । मानिसको नामबाट
नै राशि बन्ने र
यसैको आधारमा उसको ग्रह – दशा
, भाग्य र भविष्य
समेत हेर्ने गरिन्छ । विशेषत नामकरण गर्दा बालक जन्मिएको महिना,
गते, बार, समय, ठाउँ
अथवा बाबुआमाको मन लागेको नामको
आधारमा गर्ने गरेको पाइन्छ ।
नाम ब्यक्तिलाई
चिनाउने, इंगित गर्ने यस्तो सांकेतिक कुरा हो, जो
उसको पहिचान बन्छ । यसो सोच्दा
‘नाम’ भन्ने कुरा सामान्य
जस्तोलाग्छ तर
‘नाम’ ले निकै ठुलो
महत्त्व राख्छ । हामी जीवनभर
त्यही नाम बोकेर बाँच्छौं । आफु मरेपनि
‘नाम’ बाँचिरहोस् भन्ने आकांक्षा राख्छौं । यति मूल्यवान्
छ, नाम ।
नामले व्यक्तित्वमा
प्रभाव
मनोवैज्ञानिक
रूपमा पनि नामले मानिसको
जीवनमा गहिरो प्रभाव
पारिरहेको हुन्छ । नामले मानिसको व्यक्तित्व
निर्माणमा समेत असर परिरहेको हुन्छ । नामको आधारमा
पनि अरूले आफुलाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेका हुनसक्छ । नामको
कारणले पनि व्यक्तिको जीवनमा
सकारात्मक वा नकारात्मक दुबै
किसिमको प्रभाव परिरहेको हुनसक्छ । नामकै आधारमा
पनि मानिसले कसैमाथि सकारात्मक वा नकारात्मक धारण
वनाई रहेका हुनसक्छन् ।
सबै
मानिस आफ्नो छुट्टै र अरूभन्दा पृथक
पहिचान (नाम) बनाउन चाहन्छन् । नाम हाम्रो
जीवनभर रहने स्वयं पहिचानको
सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो । यदि
मानिसको कुनै पहिचान नहुने
हो भने, उसमा परिचयको
संकट देखापर्न सक्छ । परिचयको संकट
प¥यो भने व्यक्तिले
आफ्नो कुनै अस्तिव्त नै
देख्दैन । यस्तो अवस्थामा
उसमा नैराश्य जस्ता मनोवैज्ञानिक समस्याहरु देखा पर्न सक्छन् ।
अमेरिकी
मनोवैज्ञानिक जीन टेवङ्गीको नेतृत्वमा
सन् २००० को दशकमा
भएको अध्ययनले आफ्नो नाम नरुचाउने व्यक्तिहरूको
मानसिक तनाव व्यवस्थापन गर्ने
क्षमता कमजोर भएको ,आत्मविश्वासको अभाव भएजस्तो देखाएको
थियो ।
बेइजिङ
इन्स्टिच्यूट अफ साइकोलोजीका हुवाजीन
चाइ र उनका सहकर्मीहरूले
अपराधमा दोषी ठहर हुने
जोखिम भएका दशौँ हजार
व्यक्तिका नामको परीक्षण गरेका थिए ।
उक्त
अध्ययनमा कम चल्तीमा रहेका
वा बढी नकारात्मक अर्थ
दिने नाम भएका व्यक्तिहरू
अपराधमा बढी संलग्न भएको
पाइएको थियो ।
घरपरिवार,
समाज, नजिक र चिनजानका
व्यक्तिको एउटै नाम भयो
भने पनि उनीहरुमा परिचयको
संकट पर्न जान्छ ।
यस्तो अवस्थामा उपनामको आवश्यकता महशुस गरिन्छ । मानिसहरु “प्रचण्ड
“, बादल “भूतको साथी“, “वैरागी“, “यात्री“, “चट्याङ मास्टर“, आदिजस्ता नाम तथा उपनाम
राखेर आफ्नो फरक चिनारी बनाउने
प्रयास गर्दछन् । यस्ता नामले
आफु अरुभन्दा फरक रहेको आत्मविश्वासको
विकास गरेर जीवनमा सफल
र चर्चित समेत हुनसक्छन् ।
यस्तो
कुरामा साधारण व्यक्तिभन्दा कलाकार, साहित्यकार, नेता जस्ता विशिष्ट
व्यक्तिहरु बढी संवेदनशील भएको
पाइन्छ । एउटा
समूह, संघसंस्था आदिमा आवद्ध सदस्यहरुबीच पनि परिचयको संकट
नपरोस् भन्नका लागि विभिन्न पद
सिर्जना गरेर त्यहा भित्र
पनि एक अर्काबीच फरक
परिचय खोज्ने प्रयास गरिन्छ । एउटा संस्थामा
किन एक जना मात्र
अध्यक्ष वा सभापति हुन्छ
? देशको प्रधानमन्त्री किन दुईजना हुन
सक्दैनन् ? यसको मनोवैज्ञानिक कारण
पनि परिचयको संकट हुनबाट रोक्नु
नै हो ।
सबै
मानिसलाई आफ्नो नाम प्रिय लाग्छ । उनीहरु आफ्नो
नाम पटक–पटक अरूको
मुखबाट उच्चारण होस भन्न चाहन्छन् । नामले बोलाउँदा
उनीहरुमा गर्व महसुस हुन्छ । नामले सम्बोधन
गर्दा मानिसहरुमा गहिरो प्रभाव पर्न जान्छ ।
तर, यति महत्वपूर्ण कुरालाई
अरूले मन पराएनन् र
नामको आलोचना गरे भने यसले
मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ ।
हाम्रो
समाजमा यस कुराप्रति त्यति
ध्यानदिएको पाईदैन । न्वारन गर्दा
पण्डितले राखेको नामलाई नै आधिकारिक मानिन्छ
र सकेसम्म यसलाई परिवर्तन गर्न दिईदैन ।
हामी ठूला भएर आफ्ना
लागि नाम परिवर्तन गर्न
नचाहेसम्म हामी अधिकांश जन्मका
बेला दिइएको नामले काम चलाइरहेका हुन्छौं ।
नामाकरण
गर्दा ख्याल गरौ
हामीकहाँ
धेरैजसो नामहरु देवीदेवताको नामबाट राख्ने गरेको पाइन्छ । राम, सीता,
हरि, लक्ष्मी, सरस्वती, शिव, भगवती,गोपाल
आदि हाम्रो समाजमा धेरै प्रचलित नाम
हुन् । यसरी धेरै
व्यक्तिको एउटै नाम हुँदा
एकातिर व्यवहारिक समस्या देखिन्छ भने अर्कोतर्फ परिचयको
संकट पर्न जान्छ ।
अहिलेका युवापुस्ताले यस्ता नामहरु कमैमात्र मन पराउँछन् ।
एलिसा (पुरानो नाम भगवती) लाई
भगवती भनेर बोलाएको पटक्कै
मन पर्दैन । कसैले भगवती
भनेर बोलाउँदा उनलाई रिस समेत उठ्ने
गर्छ ।
मानिसको
व्यक्तित्व निर्माणमा नामले ठूलो प्रभाव पारिरहेको
हुन्छ । व्यक्तिलाई कुनै नामले
घृणित र अपमानित गरेर
बोलाउँदा उसको आत्मसम्मान, आत्मविश्वासमा
ह्रास आई उसले आफूलाई
त्यही रूपमा हेर्न थाल्छ । सबैले स्वीकार्ने
र मन पराउने नाम
भयो भने मात्र व्यक्तिले
आफ्नो नामप्रति गौरव गर्छ ।
ऊ नाम अनुसारको
काम गरेर आफ्नो नामलाई
सार्थक बनाउने प्रयत्न गर्छ । यस विपरीत
हुँदा भने उसमा हिनताबोध
उत्पन्न हुन्छ ।
कतिपय अवस्थामा बाबुआमाले माया गरेर बोलाउने नामले पनि व्यक्तिमा हीनताबोध ल्याउँन सक्छ । आफ्नो व्यक्तित्वभन्दा उल्टो नाम हुँदा गिल्ला गरेजस्तो, आफूलाई जिस्क्याए जस्तो भान हुनसक्छ । ‘