सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश पारित

18.5k Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लाभांश पारित भएको छ । बिहिबार सम्पन्न भएको बैकको एक्काइसौं वार्षिक साधारणले १३।१६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । बैंकको सभा काठमाण्डौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको को १२।५० प्रतिशतका दरले हुन आउने एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैंया मात्र बराबरको बोनस शेयर र ०।६६ प्रतिशतका दरले हुन आउने आठ करोड २३ लाख ९७  हजार ५४५ रुपैंया बराररको कर सहितको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख ५६ हजार रुपैँया रहेको छ । 

सम्बन्धित समाचार