काठमाडौँ । पेरोनिज एक यस्तो बिरामी हो, जसबारे धेरै कम मानिसलाई मात्रै जानकारी हुन्छ र यसले तपाईंको यौन जीवन पूर्ण रूपमा बर्बाद गरिदिन्छ । पेरोनिज रोग लागेको पुरूषको गोप्य अंगका केही भाग केही अलग रूपमा विकास हुन जान्छ ।
तर, यो रोग क्यान्सरभन्दा पूरै अलग हो । यस रोगमा यौन सम्बन्धका क्रममा पुरूषको गोप्य अंग उत्तेजनामा आउँदा केही पटक दुखेको अनुभव पनि हुने गर्छ ।
पेनोरिज यस्तो रोग हो, जसबाट गुप्तांगमा केही घाउबाट बनेको निशान या बेन्डिङका कारण सेक्स गर्नु असम्भवजस्तै हुन्छ । यौन सम्बन्धका क्रममा लिंगको आकार टेढो वा अचम्मको हुन सक्छ ।
कुनै एक भागमा कुनै विकासका कारण अर्को्तिर मोडिन सक्छ र ९० डिग्री या त्योभन्दा बढी एंगलमा पनि मोडिन सक्छ । यो रोगले ४० वर्ष या त्योभन्दा बढी उमेरकालाई बढी पीडित बनाउन सक्छ । तर युवामा पनि यो रोग हुन्न भन्नेचाँहि होइन ।
यो रोगको कुनै स्पष्ट कारण हुँदैन, तर डाक्टरका अनुसार चोट, खेल या आक्रामक यौन सम्बन्ध यसको जिम्मेवार कारक हुन सक्छ । केही पुरूषमा त यो वंशाणुगत पनि हुनसक्छ भने केही अध्ययनमा यसलाई टेस्टोस्टेरोनको मात्रा कम भएर हुन सक्ने पनि भनिएको छ ।
डाक्टरका अनुसार पछिल्ला केही वर्षमा यस्ता बिरामीको संख्यामा वृद्धि भएको छ । यो रोगको उपचार पनि कठिन हुन्छ र कहिले त शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।