प्रदेश १ मा माओवादी सरकारमा तत्काल सहभागी नहुने

18.3k Shares

विराटनगर, २५ पुस नेकपा (माओवादी केन्द्र) प्रदेश ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको

सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले  निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेकाे   माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए आधा/आधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्रको माग । आङ्बोले केन्द्रको सहमतिले प्रदेशमा माओवादी पार्टीको अपमान भएको बताए केन्द्रको  सहमतिले प्रदेश मा माओवादी केन्द्रकाे अपमान भएको , उनले भने, निर्णय पुनरावलोकन नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं

आङ्बोले मुख्यमन्त्रीमा आलोपालो हुने बताउँदै आएका थिए तर आइतबार साझ बसेकाे सत्तारुढ गठबन्धनको बैठकले प्रदेश मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए आज उनको शपथग्रहण आज उनले सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी । सरकारलाई दिएको समर्थन भने यथावत रहने आङ्बोले बताए

सम्बन्धित समाचार