नेपालमा थप ११७४ जनामा कोरोना संक्रमण

17.9k Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा ११७४ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। 

आज १८९३ जना निको भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। 

नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

सम्बन्धित समाचार