मौसम अपडेट : तराईमा हुस्सुरकुहिरो र शितलहर

18.7k Shares

काठमाडौँ/देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू(भागहरूमा हुस्सुरकुहिरो शितलहर लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

न्यून चापीय प्रणालीको सामान्य प्रभावले राती पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ। 

सम्बन्धित समाचार