च्याम्पियन्स ट्रफी : भारतका सबै खेल र पहिलो सेमिफाइनलका लागि थप टिकट

10.3k Shares

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा यूएईकाे दुबईमा हुने चार वटा खेलका लागि थप टिकट उपलब्ध हुने भएको छ । समूह चरणमा भारतका सबै खेल र पहिलो सेमिफाइनलका लागि थप टिकट उपलब्ध हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । समर्थकको मागलाई ध्यानमा राख्दै आईसीसीले यो निर्णय लिएको हो ।

भारतले समूह चरणको पहिलो खेलमा फेब्रुअरी २० मा बङ्गलादेश खेल्नेछ । यस्तै दोस्रो खेलमा फेब्रुअरी २३ मा पाकिस्तानसँग र तेस्रो तथा अन्तिम खेलमा मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै पहिलो सेमिफाइनल मार्च ४ मा हुनेछ । आईसीसीले दुबईमा हुने खेलका लागि जारी गरिएको थप टिकटको बिक्री शुरू भइसकेको छ ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ । दुबईमा हुने पहिलो सेमिफाइनल खेलपछि फाइनल खेलको टिकट बिक्री शुरू हुने आईसीसीले जनाएको छ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् ।

आउँदो बुधवारदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । भारतका खेल भने दुबईमा हुनेछ ।

सम्बन्धित समाचार