नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर

15.1k Shares

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई-क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । 

नबिलका ग्राहकहरूले मिडास ई-क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुयियाँमा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । 

बैंकले यस समझदारीको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।  

सम्बन्धित समाचार