दूधको मूल्यवृद्धि फिर्ता

18k Shares

काठमाडौं, १८ पुस राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बताए

केही डेरी दूध उद्योगहरुले .यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए त्यसको चौतर्फी विरोध भएको थियो

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्यवृद्धि विरुद्ध प्रधानमन्त्रीसमेत उजुरी गरेका थिए त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत चासो राखेका थिए । कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले सचिव डा. शर्मालाई दूधको बढेको मूल्य स्थगित गर्न निर्देशन दिएका थिए

सम्बन्धित समाचार