दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

24.3k Shares

काठमाडौं - ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल आज शुक्रबारदेखि नचल्ने नेपाल दूरसञचार प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने सूचना जारी गरेको थियो ।  

भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यो कदम उठाउनु परेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले एक हप्ता यता सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाएको थियो । प्राधिकरणका अनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने छ । नभएमा मोबाइल चल्ने छैन ।  

सम्बन्धित समाचार