एमालेका मन्त्री छान्न बालकोटमा छलफल

19.2k Shares

काठमाडौं, ११ पुस । नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुबीच छलफल भएको

प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएर छलफल गरेको वालकोट स्रोतले जनाएको

छलफलका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु बालकोट पुगेका छन् यसअघि हिजोराति अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङ विष्णु पौडेलसँग करिव घण्टा छलफल गरेका थिए त्यसक्रममा एमालेबाट सरकारमा जाने करिव जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्ने भन्दै नेताहरु बालकोटबाट राति बजे हिँडेका थिए स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जानेछ पौडेललाई अर्थमन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने बुझिएको

यसैवीच सात दलीय सत्ता गठबन्धनमा पावर शेयरिङबारे छलफल गर्न ११ बजे बैठक बस्दैछ संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा दलहरुबीच शक्ति बाँडफाँडबारे छलफल गरेर कम्तीमा सात जनाको मन्त्रीमण्डल आजै गठन गर्ने आइतबार राष्ट्रपति भवनमै नेताहरुबीच कुराकानी भएको थियो सोही अनुसार दलहरु आआफ्नो तयारीमा जुटेका हुन् त्यही तयारीस्वरुप माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको

सम्बन्धित समाचार