हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश वितरण गर्दै

20.2k Shares

काठमाडौं - हिमालयन बैंक लिमिटेडको आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १९.११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

मंगलवार बसेको  सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश करसहित गरी कुल १९।११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात मात्र उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार