18.3k
Shares
काठमाडाैं , ३ पुष । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।