16.4k
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख नजिक पुगेको छ । विवाहको सिजन मानिने मंसिर महिनामा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४ सय रुपैयाँ नजिक पुगेको छ । आज चाँदीको मूल्य प्रतितोला १३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।