नेकपा सचिवालय समितिको बैठक आज बस्दै

17.7k Shares

काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक आज (आइतबार) बस्दै छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा अहिले बिहान ११ बजे बैठक सुरु गर्ने तयारी रहेको नेकपा नेताहरूले जानकारी दिएका छन् ।
यसअघि असोज २ मै बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको व्यवस्तताका कारण आजका लागि सारिएको हाे। सचिवालय बैठकले केन्द्र तथा प्रदेशका मन्त्रिमण्डल पुनर्गठन र पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने विषयमा समेत निर्णय गर्न सक्ने सचिवालयका नेता बताउँछन् ।
उपाध्यक्ष गौतमलाई भदौ २९ गते मात्र राष्ट्रियसभाको सदस्यमा मनोनीत गरिएको हो। पार्टीका प्रवक्ता श्रेष्ठ भने निर्वाचनमार्फत नै राष्ट्रियसभाको सदस्य बनेका हुन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा २ वर्ष मन्त्री भइसकेका सबै परिवर्तन गर्नुपर्ने आवाज पार्टीमा उठेको छ। तर प्रधानमन्त्री ओलीले मानेका छैनन् ।
 

सम्बन्धित समाचार