काठमाडौं । प्रहरी प्रभाव बुढानिलकण्ठ नारायणनाथका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र गिरीले माथिल्लो निकायलाई जानकारी नगराई नारायणनाथको इटाली चोकस्थित केही दिन अगाडि चाइनिजको घरमा छापा मारेका छन् ।
इन्स्पेक्टर गिरीले छापामारी २५ वटा ल्यापटप, झण्डै ५० थान मोवाइल र ३—४ लाख नगद बरामद गरेका थिए । तर, इन्स्पेक्टर गिरीले यसरी छापा मार्दा माथिल्लो निकायलाई जानकारी गराई छापा मार्नु र छापा मार्दा फेला परेका सामान र नगदको मुचुल्को उठाउनु पर्नेमा डकैती शैलीमा ल्यापटप, मोबाइल र नगदलगायतका सामानहरु बरामद गरेको खोजतलास विशेष स्रोतलाई जानकारीमा आएको छ ।
यो घटना प्रहरीको माथिल्लो निकायलाई जानकारी भएपछि इन्स्पेक्टर गिरीलाई सो घटनाको विषयमा छानविनका लागि आयुक्त कार्यालय रानीपोखरी तानिएको छ । इन्स्पेक्टर गिरीलाई आयुक्त कार्यालय रानी पोखरीमा तानिए पनि उनी यो घटना सामसुम पार्नका लागि रानी पोखरी नआई शक्ति केन्द्र धाइरहेको स्रोतले दावी गरेको छ । इन्स्पेक्टर गिरी गृहमन्त्री रामबहादुर थापा बादलका छोराको सहारा लिई यो घटनालाई सामसुम पार्न कस्सिएर लागेको बुझिएको छ ।
यो घटनालाई लिएर आयुक्त कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुशिलकुमार यादवलाई जानकारी लिन खोज्दा उनले भने, ‘यो घटनाको विषयलाई लिएर छानविनका लागि आयुक्त कार्यालय तानिएको हो र उनको छानविन भइरहेको जानकारी गराएका छन् ।’ तर इन्स्पेक्टर गिरी रानी पाखेरीमा हाजिर हुन नआएको विषयमा भने प्रवक्ता यादवले हिजो हाजिर हुन आएको बताएका छन् ।
स्मरणीय छ, घटना घटेको झण्डै ३÷४ दिन भइसकेको र छानविनमा ढिलासुस्ती गर्नु भनेको इन्स्पेक्टर गिरीलाई सुनपानी छर्किने काम भएको प्रहरीभित्रै चर्चाको विषय बनेको छ । यसरी माथिल्लो निकाय अर्थात आफू मातहतका निकायलाई समेत जानकारी नगराई इन्स्पेक्टर गिरीले छापामारी यति ठूलो मात्रामा नगद र सामान बरामद गर्दा मुचुल्का समेत नउठाएका कारण उनलाई अख्तियार दुरुपयोगमा बुझाई छानविन गर्नुपर्ने प्रहरीहरुको नै भनाई रहेको छ ।
त्यस्तै, इन्स्पेक्टर गिरीई रानीपोखरी तानिएको विषयमा महाराजगंज वृत्तका डीएसपी रोषन ड्कासँग जानकारी लिँदा उनले भने ‘छानविनको लागि रानी पोखरी तानिएको बताए ।’ तर, डीएसपी खड्काले यस घटनाको बारे आफूलाई जानकारी नभएको बताए पनि उनले यस घटनाको विषयलाई लिएर नारायणथानका सिपाहीलाई बयान समेत लिएको भए पनि यस विषयलाई भने लुकाएका छन् ।