सिटीद्वारा स्टोक वुल्भ्स पराजित

18.7k Shares

एजेन्सी । कारावाओ कप फुटबलमा स्कोट सिटीसँग वुल्भ्स पराजित भएको छ । बिहीबार राति भएको खेलमा वुल्भ्स सिटीसँग १–० गोलले पराजति भएको हो । 
वुल्भ्सको घरेलु मैदनमा भएको खेलको पहिला हाफ गोलरहित बराबरीमा सकिँदा सिटीले दोस्रो हाफमा अग्रता लिएको थियो । सिटिको जितका लागि निर्णायक गोल ज्याकोव ब्रुवनले गरे । 
ब्रुवनले खेलको ८६ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनको गोलका लागि स्टेभिन फ्लेटचरले पास उपलब्ध गराएका थिए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा खेलमा सिटीले १–० को संघर्षपूर्ण जित निकालेको हो ।
जितसँगै सिटी कारावाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।  
बिहीबार राति नै भएको अर्को खेलमा ब्राइटनले पोर्टस्माउथलाई पराजित गरेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा पोर्टस्माउथ ४–० को फराकिलो अन्तरले पराजति भएको हो । 
त्यसैगरी, इटालियन सिरी ए क्लब एसी मिलान युरोपा लिग फुटबलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा शामरक रोभर्समाथी २–० को सहज जित निकालेको हो । 
रोभर्सको घरेलु मैदानमा भएको खेलमा मिलानको जितका लागि ज्लाटन इब्राहिमोभिच र हाकन चल्हानोग्लुले एक एक गोल गरे । 
इब्राहिमोभिचले खेलको २३ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । इब्राहिमोभिचको गोलबाट पहिलो हाफमा १–० गोलको अग्रता लिएको मिलानले दोस्रो हाफमा थप एक गोल गरेको थियो । 
खेलको ६७ औं मिनेटमा चल्हानोग्लुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा मिलानले २–० गोलले सहज जित निकालेको हो । जितसँगै मिलान युरोपा लिगको तेस्रो चरणमा प्रवेश गरेको छ । 
त्यस्तै, कारावाओ कप फुटबलमा बर्निलले सेफिल्ड युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । बिहीबार राति भएको खेलमा बर्निलले सेफिल्ड युनाइटेडलाई पेनाल्टीमा ५–४ गोलले पराजित गरेको हो । 
बर्निलको घरेलु मैदानमा भएको खेलमा अग्रता लिएको पाहुना टोली युनाइटेडले अग्रता जोगाउन नसक्दा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । खेल बरारबीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बर्निलले बाजी मारेको हो । 
खेलको चौथौ मिनेटमा नै युनाइटेडले अग्रता लिएको थियो । डेभिड म्याकगोल्ड्रिकले लोवेको पासमा गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोलीले एक गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । 
खेलको ६७ औं  मिनेटमा बर्निलका स्ट्राइकर माटेज भिड्राले गोल गर्दै खेल बरारबीमा ल्याएका थिए । उनले जय रोड्रिगेजको पासमा गोल गरेका थिए । जितसँगै बर्निल कारावाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।

सम्बन्धित समाचार