पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या १२४६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १२४६ जना कोरोना संक्रमित थपिएका हुन् ।
हालसम्म कुल संक्रमितको संख्या ५९५७३ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार देशभर सक्रीय संक्रमितको संख्या १६,२४१ रहेको यसमध्ये संस्थागत आइसोलेसनमा ७९०३ होम आइसोलेसनमा जना संक्रमित रहेका छन् ।
२४ घण्टामा पीसीआर परीक्षणको संख्या १०,६४१ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १२४३ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ४२,९४९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
आईसीयूमा उपचाररत संक्रमितको संख्या १८२ र भेन्टिलेटरमा ३९ जना संक्रमित छन् ।