उदयपुरमा सार्वजनिक सडक समेत बिक्री

20k Shares

उदयपुर, २२ कात्तिक ।  सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको सगरमाथा लोक मार्ग अन्तर्गत कदमाहागाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हो सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ ।

जलजलेमा सवारी कर उठाउन निर्माण गरिएको अस्थायी चेक पोष्ट निर्माण गरिएको सडकको जग्गा त्रियुगा नगरपालिका११ गाईघाटका ओमभक्त मैनालीले एक महिलालाई बिक्री गरेको फेला परेको उनले जलजलेका ध्रुवप्रसाद चौधरीकी श्रीमती गीताकुमारी चौधरीलाई बिक्री गरेको फेला परेको हो

मैनालीले सडक किनारामा रहेको जग्गालाई दुई लाख रूपैयाँमा बिक्री गरेको पीडित महिलाले बताइन् कपाली तमासुकमा १४ फिट चौडाइ ५० फिट लम्बाइ उल्लेख गरी चौधरीलाई घडेरी भन्दै उपलब्ध गराएका थिए

तत्कालीन हिमाली यातायात व्यवसायी संघ हुँदा त्रियुगा नगरपालिका जलजलेमा सिमेन्ट ढुवानी गर्न आउने ट्रकहरूलाई पटके कर उठाउन त्यहाँ ढाट लगाएको थियो ढाटसँगै सानो छाप्रो बनाइएको थियो यातायात व्यवसायी संघ गाईघाटका तत्कालीन महासचिव मैनालीले सडकको जग्गा अनधिकृत रुपमा प्रयोग गरि बिक्री गरेको  सार्वजनिक भएको

२५ वर्षअघि कालोपत्रे भएको सगरमाथा लोकमार्गमा सडक अतिक्रमण गरि बनाएका घर टहरा नहटाउँदा यसरी बिक्री भएको हो सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा किनबेच भईरहदा समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको आरोप

कदमाहा(गाईघाट सडक खण्डमा पर्ने जग्गाको नापी कार्यालयले २०६२-१०-०९ २०६३-०३-०५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो

सम्बन्धित समाचार