मोटरसाइकलले ठक्कर दिएकी परराष्ट्रकी अधिकृत सुब्बाको मृत्यु

18.1k Shares

काठमाडौं, १८ कात्तिक ।परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

‘उपचारको लागि उहाँलाई काठमाडौं मोडल अस्पताल लगिएको थियो । तर बचाउन सकिएन,’ परराष्ट्रकी प्रवक्ता सहसचिव सेवा लम्सालले भनिन् ।

२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्। सो महाशाखाकी प्रमुख प्रवक्ता लम्साल हुन् । ‘उहाँ एकदमै होनाहार अधिकृत हुनुहुन्थ्यो,’ लम्सालले भनिन्,‘दुर्घटनामा उहाँलाई गुमायौं ।’ सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन् । सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन् ।

सम्बन्धित समाचार