भारतद्वारा नेपाललाई उपहारस्वरुप २०० सवारीसाधन प्रदान

15.1k Shares

काठमाडौं, १५ कार्तिक। निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान गरेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (मंगलबार) आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरे

ती सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतीय दुतावासको विश्वास छ। नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिने जनाईएको जसमध्ये १२० वटा सुरक्षा निकायले बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउने पनि दूतावासको भनाई

अर्थमन्त्री शर्माले यी सवारीसाधनलगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार भारतीय जनतालाई धन्यवाद दिएका थिए नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको

नेपाल प्रहरी सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा नेपाली सेना निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको भारत नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको पनि दूतावासको भनाई

सम्बन्धित समाचार