सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

19.5k Shares

काठमाडौं, ३१ असोज । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार