बलियो एमालेलाई गठबन्धन बन्दैछ भारी

18.7k Shares

काठमाडौं, ३१ असोज प्रदेश नम्बर अन्तर्गतको खोटाङ पहाडी जिल्ला हो यो जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक क्षेत्र रहेको सोही क्षेत्रबाट प्रतिनिधि सभामा भित्रिन नेकपा (एमाले)को तर्फबाट पोलिट्ब्युरो सदस्य विशाल भट्टराई गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रामकुमार राई (पासाङ)ले उमेदवारी दिएका छन्

भट्टराई यसअघि पनि निर्वाचित संघीय सांसद हुन् भने पासाङ प्रदेशसभा सदस्य हुन् । स्थानीय तहको मत परिणाम हेर्दा जिल्लामा एमाले अरू पार्टीभन्दा बलियो देखिन्छ तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी एक आपसमा मिल्दा एमालेका उमेदवारलाई भारी पर्ने देखिन्छ

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूको पाएको मतलाई आधार मान्दा एमालेको मत करिब २९ हजार रहेको भने कांग्रेसको साढे २७ हजार, माओवादी केन्द्रको करिब १८ हजार, जनता समाजवादी पार्टीको करिब तीन हजार, एकीकृत समाजवादीको दुई हजार १०० तथा स्वतन्त्र राप्रपाको करिब दुई हजार मत रहेको निर्वाचन आयोगले जनाएको

यो मत परिणामलाई आधार मान्दा कांग्रेस, माओवादी एमाले एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका भए एमालेको मत बढी रहन्थ्यो तर पाँच दलीय गठबन्धनले गर्दा एमालेलाई असर पर्ने स्थानीय नेताहरु बताउँछन्

यसअघि कांग्रेस नेता सर्बधन राईले उमेदवारी दिए पनि फिर्ता लिएका छन् त्यसैले अब पासाङ भट्टराईबीच नै प्रतिष्पर्धा हुने देखिन्छ

खोटाङमा १० वटा पालिका छन् जसमा दुईवटा नगरपालिका छन् भने आठवटा गाउँपालिका छन् यी गाउँपालिका नगरपालिकामा कुल ७९ वडा रहेका छन्

१० पालिकामध्ये वटा नेपाली कांग्रेसले जित हासिल गरेको

सम्बन्धित समाचार