काठमाडौं २ मा गठबन्धनका उम्मेदवार ओनसरीको जित सुनिश्चित

19.4k Shares
काठमाडौं । पूर्वसभामुख ओनसरी घर्ती मगर गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् ।
ओनसरी घर्ती मगरको उम्मेदवारीले काठमाडौं क्षेत्र नं. २ का स्थानीय जनताहरु उत्साहित भएका कारण जित सुनिश्चित बनेको स्थानीयले बताएका छन् । ओनसरी घर्ती मगरको प्रतिनिधिसभामा उम्मेदवारी परेपछि गठबन्धनका दुबै प्रदेशका उम्मेदवारहरुको जित पनि सुनिश्चितजस्तै बनेको छ ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले घर्तीलाई उम्मेदवार बनाएको हो ।
घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी घर्ती मगर २०७० सालमा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन् ।
२०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन् । पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्री पनि बनेकी थिइन् ।
माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा पूर्वका धेरै जिल्लामा रहेर काम गरेकी थिइन् । उनी सोलुखुम्बु, काभ्रे र ललितपुरको समेत पार्टी इन्चार्ज भइसकेकी छन् ।
सम्बन्धित समाचार