‘सालार’मा प्रभासले बुझे सय करोडको पारिश्रमिक

16.2k Shares

काठमाडौं– प्रभासको आगामी फिल्म ‘सालार’को रिलिज २२ डिसेम्बरमा हुँदैछ।

यो फिल्मले बक्स अफिसमा शाहरुख खानको फिल्म ‘डिंकी’सँग प्रतिस्पर्धा गर्नेछ। ‘सलार’लाई केजीएफ फेम प्रशान्त नीलले निर्देशन गरेका हुन् भने ‘डिंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन्।

यसैबीच प्रभासले फिल्म ‘सलार’का लागि लिएको पारिश्रमिकबारे खबर बाहिर आएको छ। उनले फिल्मका लागि करिब १०० करोड पारिश्रमिक लिएका छन्।

यसबाहेक, उनले फिल्मको नाफामा पनि हिस्सा पाउनेछन्। जसमा उनको पारिश्रमिकको करिब १० प्रतिशत समावेश छ। 

सम्बन्धित समाचार