काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ मा स्वतन्त्र उम्मेदवार दर्ता गराएका ईश्वर अर्यालको प्रभाव बढ्दै गइरहेको छ ।
जस्तो सुकै रुप र जिम्मेवारीमा रहेर जनताको सेवा गर्ने लक्ष्य बनाएको बताउने अर्याललाई काठमाडौं क्षेत्र नं.–७ का बासिन्दाहरुको मन जितिसकेको स्थानीय मतदाताहरुको भनाई रहेको छ । राज्यको ढुकुटीबाट सेवा सुविधा नलिने प्रण गरी सरकारी कर्मचारीका रुपमा भूमिसुधार मन्त्रालय अन्तर्गत कार्य गर्दै आइरहेका अर्यालले सो जिम्मेवारीबाट मुक्त भई जनताको सुख दुःखमा सधैंव साथ रहँदै सेवा भावका साथ लागि परिरहेका स्वतन्त्र उम्मेदवार अर्याललाई स्थानीय मतदाताले उच्च मूल्यांकन गरेका छन् । सोही कारण पनि अर्यालको स्वतन्त्र उम्मेदवारीका कारण काठमाडौ. क्षेत्र नं. ७ मा उम्मेदवार बनेका दलका नेताहरु तिल्मिलाउन थालेका छन् ।

अर्यालले देशमा संकट पर्दादेखि लिएर जनतालाई समस्या पर्दा घरघरमा गई विगतदेखि नै आफूले सकेको सेवा गर्दै आइरहेको उदाहरणहरु धेरै छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बेला आफ्नो ज्यानको समेत परवाह नगरी गरिब निमुखा र दैनिक ज्याला मज्दुरी गरी जिविको पार्जन गर्दै आइरहेकाहरुको घरघरमा गई राहत वितरण गरेका कारण पनि अर्याल युवा वर्गदेखि लिएर गरिब निमुखकोका नजरमा परिसकेका कारणले पनि काठमाडौ. क्षेत्र नं. ७ मा उनको प्रभाव बढेको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयसम्म लकडाउनका कारण दैनिक ज्याला मज्दुर गरेर जिविको पार्जन गर्नेदेखि लिएर गरिब निमुखाहरु भोकभोकै मर्ने अवस्थामा राहत स्वरुप घरघरमा गई अर्यालले राहत वितरण गरेका थिए । कोरोना भाइरसको महामारी र लकडाउनका बेला कोही पनि बाहिर आउन नसक्ने अवस्थामा अर्यालले लाइन्स क्लव अफ काठमाडौं साझा फुलबारी संस्थाबाट दैनिक ५८ दिनसम्म दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने देखि लिएर मन्दिरमा बसेर भिख मागेर जिविकोपार्जन गर्नेहरुसम्मलाई राहत स्वरुप दाल, चामल, तेल, नुनलगायतका खाद्य सामाग्रीहरु वितरण गरेका थिए । यस्तो कार्यबाट स्थानीय मतदाताको त्यतिबेलै मन जित्न सफल भइसकेका अर्यालले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं क्षेत्र नं. ७ मा उम्मेदवारी दिए पछि स्थानीय जनता उत्साहित भई जिताउन स्वतःस्फुर्त प्रचारप्रसारमा समेत लागि सकेका छन् ।

कोरोना भाइरसको महामारीको बेला अर्यालको संयोजकत्वमा लायन्स क्लव र कर्मचारी युनियनमा आर्थिक सहयोग संकलन गरी दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्नेहरुको पहिचान गरी उनीहरुको घरघरमै गई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका थिए । यस्तो कार्य गर्दा आफूलाई गर्व लाग्ने र सन्तुष्टि पनि मिल्ने भएकै कारण राजनीतिमा लागी देश र जनताको सेवा जिम्मेवारीपूर्ण रुपमा लाग्ने उद्देश्यका साथ आफूले आउँदै गरेको मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको पदमा उम्मेदवार दिएको अर्यालले जानकारी गराएका छन् ।
ईश्वर अर्याल नापी विभागमा कार्यरत रहँदा पनि सेवाभावका साथ सामाजिक कार्यमा अग्रसरता देखाउँदै सामाजिक अभियन्ताको रुपमा कार्य गर्दै आइरहेका नापीका अधिकांश कर्मचारीहरुले बताउने गरेका छन् । कोरोना भाइरसको महामारी फैलिएको बेला नापी विभागमा कार्यरत रहँदाको अवस्थामै दुर्गम जिल्लाको रुपमा रहेको वैतडी, दार्चुला, कालीकोटलगायत गाउँ—गाउँहरुको स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेका थिए । त्यतिबेला कोरोना भाइरसका कारण दैनिक सयौं जनाले ज्यान गुमाउनुका साथै हजारौंमा संक्रमण फैलिरहेको अवस्थामा आफ्नो ज्यानको समेत परवाह नगरी राहत सामाग्रीका साथै औषधी वितरण गरी समाजसेवामा आफ्नो नाम अग्रपंक्तिमा राख्न सफल बनेका थिए अर्याल ।
निजामती सेवाबाट शैक्षिक अवकास लिएकोको भोलिपल्टदेखि नै अर्यालले ‘नेपाल चिनाउने अभियान’ का साथ लगातार ७१ दिनसम्म विभिन्न शैक्षिक संस्था, स्थानीय निकाय, सामाजिक संघसंस्थाहरुमा यो अभियान चलाएका थिए । आफूले पनि राजनीतिमा लागेर जनता र देशको हितमा काम गर्न सजिलो हुने हेतुका साथ यो अभियानलाई स्थगित गरी आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेको ईश्वर अर्याल बताउँछन् ।

‘नेपाल चिनाउने अभियान’ अन्तर्गत अभियन्ता ईश्वर अर्यालले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको नयाँ नक्सा हस्ताण्तरण गरेका थिए । त्यस्तै, काठमाडौंको बाफल स्थित नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय ज्ञानोदय माविमा नेपालको नक्सा वितरण कार्यक्रम गरेका थिए । बालबालिकालाई नेपाल चिनाउने अभियानका साथ अभियन्ता ईश्वर अर्यालबाट संचालित नेपालको नक्सा वितरण कार्यक्रम अन्तर्गत कक्षा ९ का ९ सेक्सन र १० का ७ सेक्सनमा अध्ययनरत करिब ८७७ जना छात्र छात्राहरूलाई नेपालको नक्सा वितरण गरिएको थियो ।
नेपाल सरकार मातहत नापी विभागका पूर्व सर्वेक्षक समेत रहेका अभियन्ता अर्यालले स्कुले बालबालिकाहरुलाई नक्साको महत्व बारे पनि जानकारी गराएका थिए ।

अर्यालले यस अघि काठमाण्डौं पुतलीसडक स्थित पद्मोदय मा वि, डिल्लीबजार स्थित कन्या मा वि, नक्साल स्थित नन्दी मावि, जमल स्थित दरबार हाई स्कुल, क्षेत्रपाटी स्थित कन्या मावि, तारकेश्वर स्थित नेपाल राष्ट्रिय मावि र मानसिं धर्म स्कुल, धादिङ्ग जिल्ला ज्वालामुखी गापा वडा नं ५ को वालादेवी मावि, त्रिपुरा सुन्दरी मा वि, अन्नपुर्ण मा वि लगायतका विभिन्न विद्यालयमा पुगेर आफुले विद्यार्थीहरुलाई नेपालको नक्सा वितरण गरेको जानकारी गराएका छन् ।
यस्तै, सामाजिक अभियन्ताको परिचय दिइसकेका अर्यालले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा रही मेयरमा विजयी हुन सफल भएका मेयर वालेन साहले ल्याएको मत बराबर रकम ६१ हजार ७ सय ६७ रुपैयाँ आविस्कार केन्द्र (महाविर पुन) लाई सहयोग पनि गरेको जानकारी खोजतलासलाई गराएका छन् ।