20.8k
Shares
काठमाडौं, २७ आश्विन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज (बिहीबार) जिल्ला अदालत काठमाडौं लगिँदैछ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।
गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।